हेटौंडामा श्रीमान् मृत फेला, श्रीमती घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ भावना मार्गमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। उनकी श्रीमती घरभित्रै घाइते अवस्थामा फेला परेकी छन्। ४५ वर्षीय शंकर कार्की मृत फेला परेका छन् भने ४० वर्षीया श्रीमती चरिमाया कार्की घाइते अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १ः४५ बजे आफन्त सहित प्रहरी टोली घटनास्थल पुग्दा […]

७२ हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौँ आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो।

बाढीले खोस्यो दसैँ: न छरियो जमरा, न रंगियो घर

हेटौंडा–५ सानेपोखराका ८१ वर्षीय देवप्रसाद श्रेष्ठले यसपालि घरमा जमरा राखेनन्। हरेक वर्षझैँ यसवर्ष पनि दसैँ आयो। रोजगारीका लागि घरबाहिर रहेका छिमेकीहरू घर फर्किए। गाउँघरमा दसैँको चहलपहल बढ्यो। तर, देवप्रसादको मनले खोजिरहेको मान्छे न घर फर्कियो, न उसको कुनै खबर आयो। घरको जेठो छोरा सम्पर्कविहीन भएको झण्डै दुई महिना पुग्न लाग्यो। गत भदौ १० गते बिहान […]

मकवानपुर थप
राजनीति थप
अर्थ/शेयर बजार थप
विचार थप
अन्तर्वार्ता थप