चलचित्र पत्रकार संघद्वारा वाग्ले, फागो र अधिकारी पुरस्कृत

पालिका डायरी
३ जेष्ठ २०८२, ११:०१

हेटौंडा /  चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरेको छ।

संघले शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काबाट पुरस्कार प्रदान गराएको हो। संघले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नगद राशी ११ हजार १११ रुपैयाँसहित पुरस्कृत गरेको हो। तीन दशकदेखि छापा माध्यममा सक्रिय रहेका वाग्ले विश्व घटना च्यानलमा आबद्ध छन्।

संघले मकवानपुरमा जन्मिएर चलचित्र, कला, साहित्य र संगीतमा राष्ट्रिय स्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई स्व. धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ बाट रंग संयोजक रेनिस फागोलाई नगदसहित सम्मान गरेको छ। दुई सयभन्दा बढी चलचित्रमा रंग संयोजन गरेका फागोको चलचित्र प्रेमगीत सिरिज, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंह अवतार चर्चित चलचित्र हुन्।

त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको छ। अधिकारी दुई दशकदेखि रेडियोमा सक्रिय छन्।

दिवसकै अवसरमा पहिलो पटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौंडाकी बालकलाकार शुपला सापकोटालाई अभिनय यात्रामा अझै सफलता मिलोस् भन्ने हेतुले प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।

वि.सं. २०५६ सालको जेष्ठ ७ गते संघ स्थापना भएकाले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय पूर्वअध्यक्ष शान्तिप्रिय, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्वअध्यक्ष राममणि दाहाल, हेटौंडा उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष विष्णु दाहाल, ब्रॉडकास्टिङ एशोसिएसन अफ नेपाल (वान) का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाईं, संघका सल्लाहकारहरु रुपेश दुलाल, सुशान्त श्रेष्ठ, अमिर गौतम, प्रेस सेन्टर प्रदेश अध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, एनएस सिनेमाका प्रबन्धक नवराज आचार्य, ओम्याक्स हलका सञ्चालक राम राज भण्डारी, रंगकर्मी भोलाराज सापकोटा, उज्वल शर्मा भण्डारी, चलचित्र नरसिंह अवतार का निर्माता ध्रुव न्यौपाने, दीपक ढकाल, कलाकार राज कटुवाल लगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया