तिहारअगाडि चाैक-चाैकमा कुर्सी राखियाे, तिहारपछि टाेल-टाेलमा पहिचान बाेर्ड राख्छाैँ: वडा अध्यक्ष सिग्देल
हेटाैँडा / तिहार अगाडि जेष्ठ नागरिक र महिलालाई लक्षित गरि हेटाैँडाकाे ४ नं. वडाकाे विभिन्न स्थानमा सिमेन्टकाे कुर्सी राखिएकाे छ । ४ नं. वडा कार्यालयकाे तर्फबाट “चाैक चाैकमा चाैताराे बनाउ अभियान” अन्तरगत सिमेन्टकाे कुर्सी राखिएकाे वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे ।
वडाका विभिन्न स्थानहरू मन्दिर, मस्जित, गुम्बा, चाैतारा र विशेष गरि विहान बेलुका टाेलबासी भेला हुने स्थानकाे छनाैट गरि ३० वटा कुर्सी राखिएकाे र तिहारपछि अरू १४ वटा कुर्सी राखिने वडा अध्यक्ष सिग्देलले बताउनु भयाे । कर्राकाे पिपलबाटमा स्थानीयबासीकाे माग अनुसार २ वटा वडा कार्यालयले कुर्सीकाे व्यवस्थापन गरिएकाेमा स्थानीय जेष्ठ नागरिक ध्रुव हाडाले खुसी व्यक्त गर्नुभयाे । बुद्वपथकी स्थानीय जेष्ठनागरिक शान्ति ढुङ्गगानाले गुम्बा अगाडिकाे चाैकमा ३ वटा सिमेन्टकाे कुर्सी वडा कार्यालयले दियाे, हामी विहान बेलुका भेला भई दु:खसुख साट्ने ठाउँ भयाे भन्दै हर्षित हुनु भएकाे छ ।
समाजकल्याण विकास संस्थाका काेषाध्यक्ष हरि दाहालले टाेलबासीकाे मागलाई वडाले सम्बाेधन गरेकाेमा धन्यवाद भन्नुभएकाे छ । वडा अध्यक्ष आफैँले साेधीखाेजि गरि मस्जितकाे परिसरमा कुर्सी आफैँ आएर व्यवस्थान गर्नुभएकाेमा जामे मस्जिद समितिका अध्यक्ष तयस अन्सारीले आभार व्यक्त गर्नुभयाे । तिहार सकिए लगत्तै विभिन्न टाेल विकास संस्थाकाे पहिचान हुने गरि टाेल-टाेलमा बाेर्डहरू राखिने याेजना रहेकाे वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभयाे ।

