हेटौंडा एकेडेमीकी ८ वर्षिय बालिकामाथी बसका सहचालकले गरे दुर्व्यवहार

पालिका डायरी
३ भाद्र २०८०, १७:५४
१६ वर्षीया किशोरी बलात्कृत

हेटौंडा / हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा २ कक्षामा अध्ययनरत ८ वर्षीया बालिकामाथि विद्यालयको बसका सहचालकले यौन दुर्व्यवहार गरेका छन्।

घरबाट विद्यालय जान बस चढेकी बालिकालाई सहचालकले बसमै यौन दुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ।

साउन १५ गतेका दिन बिहान बालिकामाथि यौन दुर्व्यवहार भएको उजुरी पछि प्रहरीले सहचालकलाई शनिबार पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताएका छन। प्रहरीले सहचालकको नाम भने सार्वजनिक गरेको छैन।

प्रतिक्रिया