अध्यक्ष लामा भत्ता बोकेर घरमै पुगेपछि

पालिका डायरी
१७ श्रावण २०८०

राम कुमार दानी 

हेटौंडा /भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा यस आर्थिक वर्ष  देखि सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम गाउँमा  पुगेर वितरण सुरु गरिएको छ ।

यही साउन १५ गतेबाट सुरु गरिएको वृद्धभत्ता वितरण  कार्यक्रम आज भीमफेदी ८ को साविक इपाको ५,६,७,८, र ९ वडाको लागि वडा कार्यलय इपाबाट वितरण  गरिएको हो ।

आज  भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ को वडा कार्यलयमा गाउँपालिकाको अध्यक्ष हिदम लामा वडा अध्यक्ष विष्णु बहादुर लामा वडा सदस्य  नबराज अधिकारी  वडा सचिव कृष्ण बहादुर बस्नेत लगाएत  प्रभु बैंकको प्रतिनिधिहरु पुगेर सामाजीक सुरक्षा  भत्ता वितरण गरिएको हो । अबदेखि गाउँको जेष्ठनागरिक , अपांग  लगाएत सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिलाई हेटौंडा, भीमफेदी, काठमाडौ जान नपर्ने भएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई  आफ्नो छोटो भनाई राख्दै गाउँपालिका अध्यक्ष हिदम लामाले आज इपा गाउँको देवी पन्चकन्या माई साक्षी राखेर भनेको कुरा पूरा गरेको बताए । लामाले जनताको पक्षमा  काम गर्न आफूबाट कहिले केही कमि नहुने पनि प्रतिबद्धता व्यक्त गरे । आफु गाउँपालिकाको अध्यक्ष भए पश्चात इपाको  मै हु भन्ने व्यक्तिले गर्न नसकेको काम आफुले गरेको छु उनले भने । आज गाउँमानै बृद्ध अवस्थाका  बा-आमा लगाएत अपांग ,एकल महिला  र दलित भाई बहिनिहरुको लागि भत्ता लिन भनेर हेटौंडा, भीमफेदी, काठमाडौ जाने कामको पनि अन्त्य गरिएको बताए ।

भत्ता लिन पुगेका ८३ वर्षीय  बद्री बहादुर दानिले  हामीहरु जस्तो बुढापाकाको भलो हुने काम गरेकोले यस्तो जनप्रतिनिधिको कहिले नराम्रो नहोस्  भन्दै आशिर्वाद दिए । यस्तै शारीरिक अशक्त भएर घरमै बसिरहेका प्रेम बहादुर कठेतले गाउँपालिकाको अध्यक्षले घरमै आएर भत्ता दिदा दङ्ग पर्दै भने `मैले सोचेको पनि थिइन यो जुनिमा यस्तो विकास प्रेमी जनताको भावना बुझ्ने  जनप्रतिनिधि हाम्रो इपामा आउँछ भनेर´ भन्दै दुखेसो पोखे ।

भीमफेदी गाउँपालिका वडा नम्बर ८ बृद्ध अवस्थाका बा-आमा लगाएत अपाङ्ग, एकल महिला, दलित बालबालिका सबैले भीमफेदी, हेटौंडा, काठमाडौं गएर सामाजिक सुरक्षा भत्ता लिनु पर्नी कामको सदाको लागि अन्त्य भएको वडा अध्यक्ष विष्णु बहादुर लामा बताउछ्न । उनले चुनावमा हामिले वचन दिएका थियौ त्यो वचन चुनाव जितेको एक बर्षमा पूरा गरेको बताए । उनले अब प्रत्यक तीन तीन महिनामा हामी जनप्रतिनिधि लगएत वडाको कर्मचारीको रोहवरमा बैंकको प्रतिनिधि मार्फत गाउँमानै आएर भत्ता वितरण गरिने जानकारी गरए ।

प्रतिक्रिया