हिजो तोलामा ९ हजार ३ सय बढेको सुनको भाउ आज ३ हजार ३ सयले वृद्धि,
हिजो तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि बढेको छ।
तोलामा ३ हजार ३ सय रुपैयाँ बढेर सुनको भाउ आज ३ लाख १६ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार घटेको सुनचाँदीकै मूल्य बिहीबार बढेको थियो। हिजो सुनकाे भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको थियो। बुधबार भने सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सयमा झरेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १३० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो तोलामा २६० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

