लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया

