भिमफेदी कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पक्राउ

पालिका डायरी
५ मंसिर २०८३, १२:३०
भिमफेदी कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पक्राउ

भिमफेदी कारागारबाट फरार भएका लागुऔषध (खैरो हेरोइन) मुद्दाका एक प्रतिवादीलाई प्रहरीले मकवानपुरको हेटौँडाबाट पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–२ पिपलबोटबाट फरार प्रतिवादी हर्षित राज मुक्तानलाई नियन्त्रणमा लिइएको हो । उनलाई हिजो दिउँसो करिब २ बजे पिपलबोट क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी २३ वर्षीय मुक्तान जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएका थिए । लागुऔषध (खैरो हेरोइन) मुद्दामा उनलाई ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो ।

पक्राउ परेका मुक्तानलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया