कवि तुल्सी थापाको स्मृतिमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा मञ्जिल प्रथम

राम कुमार दानी
८ भाद्र २०८३, ११:२६
कवि तुल्सी थापाको स्मृतिमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा मञ्जिल प्रथम

हेटौंडा  /  कवि तुल्सी थापाको स्मृतिमा भीमफेदी गाउँपालिकाद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा मञ्जिल प्रथम भएका छन्। भीमफेदी गाउँपालिका–२, भैँसेमा आयोजित कविता प्रतियोगितामा प्रथम भएका मञ्जिलले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा सुमन घिमिरे द्वितीय र योगराज पौडेल तृतीय भएका छन्। द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ।

कविता तथा साहित्यका माध्यमबाट कवि तुल्सी थापाको योगदान र स्मृतिलाई निरन्तरता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए। प्रतियोगितामा विभिन्न स्थानबाट आएका कविहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने आयोजक, सहभागी कवि, निर्णायक, अतिथिलगायत सम्पूर्णमा आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया