बढ्यो सुन-चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुन तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा ८५ रुपैयाँ बढेर आज ४ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार १०० रुपैयाँ थियो।

प्रतिक्रिया

