शनिबार साँझ ‘गोली चलाउने व्यक्ति’ गत वर्ष ह्वाइट हाउस छिर्ने प्रयास गरेकै युवक
अमेरिकाको राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) नजिकै शनिबार साँझ ‘गोली चलाउने व्यक्ति’को पहिचान भएको छ।
एक अनुसन्धान अधिकारीले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार गोली हान्ने व्यक्ति नासिर बेस्ट नामका २१ वर्षीय युवक हुन्। स्रोतले बताएअनुसार उनलाई जुलाई २०२५ मा ह्वाइट हाउसमा प्रवेश गर्ने प्रयास गर्दा पनि अमेरिकी गुप्तचर सेवाले पक्राउ गरेको थियो।
तर मानसिक स्वास्थ्य समस्या देखिएपछि उनलाई मनोचिकित्सा वार्डमा पठाइएको थियो। अमेरिकी गुप्तचर सेवाका अनुसार उक्त युवकले शनिबार साँझ ६ बजे १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्युनजिकै आफ्नो झोलाबाट हतियार निकालेर गोली चलाएको थियो।
लगत्तै गुप्तचर टोलीका अधिकारीहरूले जवाफी गोली हान्दा युवकलाई लाग्यो र अस्पताल पुर्याउनासाथ उनलाई मृत घोषणा गरियो।

प्रतिक्रिया


