गुडिरहेको जिपबाट खस्दा यात्रुको मृत्यु
सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका –२ भद्रकालीस्थित भित्री सडक खण्डमा जिपको ढोकाबाट खसेर सिन्धुलीकै घ्याङलेख गाउँपालिका –४ बन्दीपुर बस्ने ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो ।
सोमबार घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपबाट खस्दा उनी गम्भीर घाइते भएका थिए । जिपको लक समातेर बसेको अवस्थामा अचानक लक खुल्दा उनी ढोकाबाट खसेर घाइते भएका थिए ।
योन्जनलाई सोही गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनापछि चिज चालक सिन्धुलीको कमलामाई नगरपालिका – ५ सिलामे बस्ने २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

