सम्झना

सम्झनाले मन बिथोल्छ नभन्दिनु उनीलाई
अतीतले दिल पिरोल्छ नभन्दिनु उनीलाई !
पागल भै डुल्ने गर्छ घरी रुँदै घरी हाँस्दै
आफूसँग आफैं बोल्छ नभन्दिनु उनीलाई !
कसले पो सुनिदेला दुखी कथा जीवनको
आँशुले यो रात छिचोल्छ नभन्दिनु उनीलाई !
लक्ष्य बिना दोबाटोमा अलपत्र भएको खबर
सुनिन भने मुटु पोल्छ नभन्दिनु उनीलाई !!
हाम्रो पात्रोको लागि कुमार खतिवडाले लेख्नु भएको ।
प्रतिक्रिया