गुडिरहेको ईभी माइक्रोबसमा अचानक आगलागी
गुड्दै गरेको ईभी माइक्रो बसमा अचानक आगलागी भएको छ । कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा बर्दिया नगरपालिका–७ रम्तापुरस्थित ईभी हाईसमा आइतबार बिहान पौने ७ बजे आगलागी भएको हो ।
फोटोअनुसार कम्पनीको सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको ईभी माइक्रो बसमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । उक्त ईभी माइक्रो बस कैलाली धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । ईभी माइक्रो बसमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा ईभी हाईसमा राखिएको कागजपत्र र नगद रु. ४२ हजार जली नष्ट भएको डीएसपी रेशम बोहराले जानकारी दिए । ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।
प्रतिक्रिया


