एकीकृत समाजवादीले वागमतीमा भोलिसम्म दलको नेता छान्ने

पालिका डायरी
१७ पुष २०७९
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिनुभयो । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

हेटौंडा /  नेकपा एकीकृत समाजवादी वागमती प्रदेशले पुस १८ गतेसम्म संसदीय दलको नेता छनोट गर्ने बताएको छ । वागमती प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलको नेता छनोट गरिसकेका छन् ।

पुस १८ को लागि प्रदेशसभाको पहिलो बैठक बोलाइएको अवस्थामा त्यो भन्दाअघि नै दलको नेता छनोट गर्ने तयारीमा समाजवादी छ ।

आज स्थायी कमिटी बैठक बोलाइएको र भोलिसम्म दलको नेता चयन हुने चितवन १ (१) बाट विजयी प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल शर्माले बताए ।

प्रतिक्रिया