वर्षासँगै ठूलो हावाहुरी चल्ने चेतावनी
Ai Photo
वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार अपराह्न सूचना जारी गरी हावाहुरी चल्न थालेको जनाएको छ । विशेष गरेर मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चलिरहेको छ । भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रका कारण आज राति पनि चारै प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आइतबार दिउँसो पनि ठूलो हवा चल्ने सम्भावना रहेको जनाएको छ । ठूलो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रका कारण तीन दिनदेखि देशभर वर्षा भइरहेको छ । शनिबार बिहानदेखि पश्चिम नेपालमा पानी परिरहेको छ । यो क्रमम आइतबारसम्म रहने जनाइएको छ ।
हाल तल्लो वायुमण्डलमा चलिरहेको हावा। तस्बिर: भू-उपग्रह



