कालीगण्डकीमा बाढी आउँदा रानीमहल डुबानमा, दरबार जोखिममा
अविरल वर्षासँगै कालीगण्डकी नदी र बराङ्दी खहरे खोलामा पानीको बहाव बढ्दा पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ। बाढीका कारण आधा दर्जन होटल, रिसोर्ट तथा पसलका टहरा डुबेका छन् भने रानीमहल दरबारसमेत जोखिममा परेको छ।
स्थानीयका अनुसार तटबन्ध निर्माण नहुँदा दरबारमा हरेक वर्ष बाढी र कटानको जोखिम बढ्दै गएको छ। पाँच वर्षअघि गरिएको परीक्षणमा १२८ वर्षको अवधिमा दरबारको जग ३ देखि ७ फिटसम्म कटान भएको पाइएको थियो। पश्चिमोत्तर भागमा पहिरो र जग कटानका कारण दरबार भत्किने अवस्थामा पुगेको छ।
तानसेन नगरपालिका–१३, बौघागुम्हामा रहेको रानीमहल तानसेनदेखि १३ किलोमिटर टाढा कालीगण्डकी नदीको तटमा अवस्थित छ। तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा वि.सं. १९५१ देखि १९५४ सम्म दरबार निर्माण गरेका थिए।
प्रतिक्रिया


