दरौंदीको खोंचमा फसेका ब्यक्तिको सकुशल उद्धार

पालिका डायरी
९ आश्विन २०८३, १६:५३
दरौंदीको खोंचमा फसेका ब्यक्तिको सकुशल उद्धार

गोरखास्थित दरौंदी नदीको खोंचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

आज (असोज ९ गते) मानसिक अबस्था असामान्य रहेका पालुङटार नगरपालिका–१ खोप्लाङ कोसगाडे बस्ने अन्दाजी ३० वर्षका सोनम गुरुङ गोरखा नगरपालिका–१०, छेबेटारस्थित दरौंदी नदीको खोंचमा बिहानदेखि फसेका थिए।

सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गुल्म हेडक्वाटर गोरखाबाट खटिएको टोलीले गुरुङको सकुशल उद्धार गरेको हो। उनलाई दिउँसो १ः१० बजे सकुसल उद्धार गरेर अस्थायी प्रहरी पोष्ट छेबेटारमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन्।

प्रतिक्रिया