विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्टको मृत्यु

पालिका डायरी
२४ मंसिर २०७९
विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्टको मृत्यु

एजेन्सी /  कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए ।

रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । एक्कासी ढलेका उनलाई हृदयघात भएको यूएस सकरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खेल पत्रकारितामा कलम चलाउने प्रतिष्ठित फुटबल पत्रकार गुमाउनु दु:खद भएको यूएस सकरको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

४९ वर्षीय पत्रकार ग्रान्ट सीबीएस स्पोर्टसमा काम गर्दै आएका थिए । उनले सोमबारमात्रै सामाजिक सञ्जालमार्फत आफू १० दिनदेखि केही अस्वस्थ भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया