पत्रकार श्रेष्ठलाई रिहाइको माग गर्दै प्रहरी परिसरमा प्रदर्शन

पालिका डायरी
२८ श्रावण २०८३, १३:११
पत्रकार श्रेष्ठलाई रिहाइको माग गर्दै प्रहरी परिसरमा प्रदर्शन

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई रिहाइ गर्नुपर्ने मागसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गरेका छन् । श्रेष्ठलाई बुधबार रति ९ बजे ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

समाचारको विषयलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै तत्काल छाड्न माग गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसविरोधी यस्ता व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गर्दै समाचारको विषय भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

प्रहरीले अपनाएको यो शैलीप्रति गम्भीर आपत्ति जनाउँदै महासंघले राज्यले प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेको महासंघले जनाएको छ । ‘समाचारमा चित्त नबुझेका विषयमा हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल हो । यसको दुरुपयोग गर्दै सरकारी संयन्त्र प्रयोग गरेर पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वन्तत्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध रहेको महासंघ ठम्याइ छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया