बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

पालिका डायरी
२० मंसिर २०७९
मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित फाईल फोटो

लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार ७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। बागमती प्रदेशमा साउनको दोस्रो सातादेखि हालसम्म डेंगुबाट संक्रमितको संख्या ४२ हजार ७ पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको हो।

डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा रहेको छ। काठमाडौंमा ११ हजार १२७ डेंगुुका बिरामी फेला परेका छन्। रसुवामा ११ जना डेंगु संक्रमित फेला परेका छन्।

डेंगु संक्रमणबाट ललितपुरमा ९ हजार ६०३, मकवानपुरमा ५ हजार ८२२, भक्तपुरमा १ हजार १२४, चितवनमा ३ हजार १५९, धादिङमा १ हजार ६४५, काभ्रेमा ५३६, रामेछापमा २३४, सिन्धुपाल्चोकमा २०९, नुवाकोटमा २७३, सिन्धुलीमा १७० र दोलखामा १०४ जना बिरामी भएको निर्देशनालयको विवरणमा उल्लेख छ।

त्यसैगरी प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या  २३ पुगेको छ। काठमाडौंका सात, सिन्धुली र रामेछापका तीन/तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई/दुई र धादिङका एक/एक जनाको मृत्यु भएको हो।

प्रतिक्रिया