अटिजम भएका बालबालिकाकाे लागि सुविधायुक्त विध्यालय आवश्यक: वडा अध्यक्ष सिग्देल

पालिका डायरी
२८ आश्विन २०८३, २१:४०

हेटाैँडा /   हेटाैँडा-४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बालबालिकाहरूमा देखिने अटिजम साझा समस्या भएकाे बताउनु भएकाे छ ।

सेन्टर फर अटिजम,मकवानपुरकाे चाैथाे साधारणसभाकाे उद्घाटन गर्दै उहाँले आजकाे आधुनिक समाजमा अटिजमकाे समस्या विकराल बन्दै गईरहेकाेले केवल एउटा परिवारकाे मात्र समस्या नभएर राष्ट्र कै समस्या भएकाे बताउनु भयाे । वडा अध्यक्ष सिग्देलले अटिजम भएका बालबालिकाहरूकाे मानसिक र शरिरीक रूपमा फरक विशेषता हुने भएकाेले उनीहरूकाे लागि विशेष सुविधायुक्त अस्पतालसहितकाे विध्यालय आवश्यक रहेकाे बताउनु भयाे ।

तीनै तहकाे सरकारले समन्वय गरेर यस्ता विध्यालय सञ्चालन गर्न आवश्यक रहेकाेमा जाेड दिनुभयाे । अटिजम प्रभावित वालवालिकाहरू पारिवारीक दायित्वसंगै राज्यकाे ध्यान जानू आवश्यक छ, उहाँले भन्नुभयाे ।

सेन्टर फर अटिजम, मकवानपुरबाट करिव ४० जना बालबालिकालाई सेवा प्रदान गर्दै आएकाे छ । सेन्टरकाे अध्यक्ष हरिकृष्ण म‌ैनालीकाे अध्यक्षतामा सम्पन्न साधारणसभामा सेन्टरका उपाध्यक्ष शेखर थपलियाले बार्षिक प्रगति प्रतिवेदन र काेषाध्यक्ष निसला श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरि पारित गरिएकाे सचिव अस्मिता कालिकाले जानकारी दिनुभयाे । साधारणसभामा सेन्टरका संरक्षकहरू बाेलबहादुर कार्की र रामजी थपलियासहित सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया