कलंकी खसी बजारमा १८ वर्षीय किशोरको हत्या, १९ वर्षका किशोर पक्राउ
काठमाडौँको कलंकीस्थित खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या भएको हो ।
उनको हत्यामा संलग्न भएको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका-१४ कलंकीमा रहेको खसी बजारमा विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पाख्रिनलाई पक्राउ गरेको हो । घटना अनुसन्धानको लागि थप ३ जनालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।
हत्याको कारण खुलेको छैन । प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

