हेटौंडा–१५ मा वडा अध्यक्ष कपको रौनक, दुवै फाइनलमा वडा नं. ५

पालिका डायरी
२६ आश्विन २०८३, १०:५५

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ द्वारा आयोजित अन्तरवडानगरस्तरीय वडा अध्यक्ष कप–२०८३ अन्तर्गत स्व. रमेश मगर तथा सुमन गोले स्मृति खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगितामा फाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको खुल्ला तथा भेट्रान्स दुवै विधामा फाइनल खेल्ने टोलीको टुंगो लागेको हो।

प्रतियोगिताको खुल्ला विधातर्फ उपाधिका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ र वडा नम्बर–२ बीच प्रतिस्पर्धा हुने भएको छ। त्यसैगरी भेट्रान्स विधातर्फ वडा नम्बर–५ र वडा नम्बर–६ उपाधिका लागि आमनेसामने हुने भएका छन्।

दुवै विधाको फाइनलमा वडा नम्बर–५ ले स्थान सुरक्षित गरेसँगै यस वडाका खेलाडी तथा समर्थकमा उपाधि जित्ने अपेक्षा बढेको छ। खुल्ला र भेट्रान्स दुवै विधामा फाइनलसम्मको यात्रा तय गर्नु वडा नम्बर–५ का लागि महत्त्वपूर्ण उपलब्धि बनेको छ। यद्यपि, उपाधि कसले जित्ने भन्ने निर्णय फाइनल खेलको प्रदर्शनबाटै हुनेछ।

स्व. रमेश मगर तथा सुमन गोलेको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा विभिन्न वडाबीच आपसी सद्भाव र खेलकुद संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको वडा अध्यक्ष सुनिल मोक्तानले नताए

वडा अध्यक्ष कपजस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुर्याउने अध्यक्ष लामाले भने अन्तरवडानगरस्तरीय प्रतिस्पर्धाले खेलाडीबीच स्वस्थ प्रतिस्पर्धा र आपसी सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ

उनले अब प्रतियोगिताको सबैको ध्यान खुल्ला र भेट्रान्स विधाका फाइनल खेलमा केन्द्रित भएको छ। खुल्ला विधामा वडा नम्बर–५ र २ तथा भेट्रान्स विधामा वडा नम्बर–५ र ६ बीच हुने प्रतिस्पर्धाले दुवै विधाको विजेता टुंगो लगाउने आयिजकले जनाएको छ

प्रतिक्रिया