बूढीगण्डकी बाढीपछि १० जना सम्पर्कविहीन, ६ वटा पुल बगायो

पालिका डायरी
२५ आश्विन २०८३, ११:३८

बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढी गोरखामा कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्।

बाढीले छ वटा पुल बगाएको छ। बाढीले दुई वटा मोटरेबल  र चारवटा झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।  आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको हो।

बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।

बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको  छ।

प्रतिक्रिया