रसुवाका हाइड्रो र लाङटाङ राष्ट्रिय निकुञ्जमा खटिएका ४४ सैनिक सम्पर्कविहीन
रसुवा बाढीपछि ४४ जना सैनिक सम्पर्कविहीन भएका छन्।
रसुवाका विभिन्न हाइड्रो र लाङटाङ राष्ट्रिय निकुन्जमा खटिएका ४४ जना सैनिक सम्पर्कविहीन रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।
‘अहिले नेपाली सेनाका ४४ जना हराइरहेको अवस्था छ। खोजी कार्य भइरहेको छ’, बस्नेतले भने, ‘उनीहरु त्यहाँका हाइड्रो र राष्ट्रिय निकुन्जको सुरक्षामा खटिएका थिए।’
प्रतिक्रिया


