टिचिङ अस्पतालमा ल्याइयो ३० जना घाइते, पाँच जनाको अन्य अस्पतालमा उपचार हुँदै

पालिका डायरी
१० भाद्र २०८३, १७:४४
घाइते २० जनाको शिक्षण अस्प

भोटेकोसी बाढीमा परि घाइते भएका ३५ जना व्यक्तिको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार ३० जना घाइतेलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ भने अन्य पाँच जनाको अरु विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

शिक्षण अस्पतालमा १० जना घाइतेलाई सिधै हेलिकप्टरबाट ल्याइएको ह।  थप २० जनालाई भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म हेलिकप्टरमा ल्याएर त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।

सशस्त्र प्रहरी बल, नं. २० गणबाट विमानस्थलमा खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङको टोलीले एम्बुलेन्समा राखि विभिन्न अस्पतालमा पठाएको हो।

तीन जना घाइतेलाई ट्रमा सेन्टरमा ल्याइएको छ। तीनै जना नुवाकोटका रहेका छन्। घाइते तीन जनामा दुई पुरुष र एक जना महिला रहेको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिए।

प्रतिक्रिया