विष सेवनबाट हेटौंडाका लोप्चनको मृत्यु
![पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु](https://www.palikadiary.com/wp-content/uploads/2023/01/mrityu-palikadiary-992x567.png)
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधाप बस्ने लक्ष्मण लोप्चनको विष सेवनबाट मृत्यु भएको छ ।
अन्दाजी ३५ वर्षीय लोप्चनको झार मार्ने प्याराकोईट नामक विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, लोप्चनले गत माघ ६ गते झार मार्ने प्याराकोईट नामक विषादी सेवन गरेका थिए । विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई उपचारको लागि टिचिङ अस्पताल काठमाडौंमा लगिएकोमा थप उपचारको लागि के.एम.सी अस्पताल सिंनामगल रिफर गरिएको थियो ।
गम्भीर बिरामी उनलाई आफन्तले माघ १९ गते बिहीबार घर लैजान्छु भनि के.एमस.सी अस्पतालबाट हेटौंडा अस्पतालमा ल्याएको थियो । उनको उपचारको क्रममा बिहीबार अपराह्न सवा ४ बजेको समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।