जीतपुर सिमरालाई अत्याधुनिक दमकल प्रदान
सूर्य नेपाल प्रालिले जीतपुर सिमरा उपमहानगरपालिकालाई अत्याधुनिक दमकल प्रदान गरेको छ ।
सूर्य नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपमहानगरलाई दमकल प्रदान गरेको हो । समुदायको सुरक्षा तथा दिगो विकासप्रति कम्पनीको प्रतिबद्धता अनुरूप दमकल प्रदान गरिएको जनाइएको छ ।
यसले आगलागी तथा विपद्का घटनामा शीघ्र उद्धार तथा आपत्कालीन सेवा प्रदान गर्न स्थानीय सरकारलाई सहयोग पुग्नेछ । सूर्य नेपालले शिक्षा, सीपमूलक तालिम, प्रकृति संरक्षण, स्थानीय पूर्वाधार विकास, नेपाली कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन एवं सामुदायिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन तथा सहयोग गर्दै आएको छ।
प्रतिक्रिया

