नारामा होइन, कार्यान्वयनमा भीमफेदी : सामाजिक सुरक्षा कोषमा ४०० श्रमिक जोडिँदै
हेटौंडा / अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानलाई निरन्तरता दिँदै मकवानपुरको भीमफेदी गाउँपालिका देशमै पहिलो गाउँपालिका हो।
यसअघि अर्को कुनै एक स्थानीय तहले सुरु गरेता पनि अभियान बीचमै छाडेपछि कार्यक्रमलाई निरन्तरता दिँदै कार्यान्वयन गरिरहेको भीमफेदी गाउँपालिकालेआफूलाई यस क्षेत्रको अग्रणी स्थानीय तहका रूपमा स्थापित गरेको छ।
गाउँपालिका अध्यक्ष हिदम लामाको पहलमा अघि बढाइएको अभियानअन्तर्गत चालु आर्थिक वर्ष २०८३/०८४ मा थप १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित गाउँपालिकाले आवेदन खुला गरि सकेको छ। गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमानै अनौपचारिक क्षेत्रमा कार्यरत ३०० जना श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई सकेको छ यश आर्थी वर्षमा १०० जना अनौपचारिक क्षेत्रको श्रमिकलाई सामाजिक सुरक्षा कोषबमा आबद्ध गराएर यश वर्ष भीमफेदी गाउँपालिकाले गाउँपालिकाको टोटल ४०० जनालाइ सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्षे रहेको अध्यक्ष लामाले बताए
अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको श्रमको सम्मान, भविष्यको सुरक्षा तथा दुर्घटना, स्वास्थ्य समस्या र विपद्का कारण उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान अघि बढाइएको लामाको भनाइ छ
गाउँपालिका अध्यक्ष लामाका अनुसार कृषि, निर्माण, यातायात, घरेलु काम तथा साना उद्यमलगायत क्षेत्रमा कार्यरत श्रमिकले दैनिक रूपमा विभिन्न जोखिमको सामना गर्नुपरे पनि उनीहरू सामाजिक सुरक्षाको पहुँचबाट बाहिर छन्। यही अवस्थालाई परिवर्तन गर्न गाउँपालिकाले श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने अभियानलाई प्राथमिकता दिएको हो। अभियान सुरु गर्नु मात्रै होइन, निरन्तरता दिनुनै हाम्रो उदेश्य हो अध्यक्ष लामाले भने सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिकलाई आबद्ध गराउने कार्यक्रम सुरु गर्नु मात्र पर्याप्त नभई त्यसलाई निरन्तर कार्यान्वयन गर्नु महत्वपूर्ण हुन्छ। यही उद्देश्यअनुसार भीमफेदी गाउँपालिकाले श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न अभियानलाई विस्तार गर्दै थप श्रमिकलाई योजनामा समेट्नको लागि यश आर्थिक वर्षको आवेदन खुल्ला गरिएको अध्यक्ष लामाले बताए
गाउँपालिकाको यो पहलले श्रमिकको स्वास्थ्य, दुर्घटना तथा भविष्यसँग जोडिएका जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, श्रमिकको सुरक्षा र सामाजिक न्याय सुनिश्चित गर्नु स्थानीय सरकारको जिम्मेवारी हो भन्ने सन्देशसमेत यस अभियानले दिएको छ पाहिन्छ
गाउँपालिकाले भीमफेदीभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरी अनौपचारिक क्षेत्रमा काम गर्ने योग्य श्रमिकलाई सम्बन्धित वडा कार्यालयमार्फत आवेदन दिन आग्रह गरेको छ। आवेदनका लागि सम्पर्क नम्बर खुलाइएको हस्तलिखित निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजका दुईवटा फोटो, वडा कार्यालयको सिफारिस, मासिक योगदान रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणापत्र, बैंकको प्रतिलिपि तथा अनौपचारिक क्षेत्रमा कार्यरत रहेको स्वघोषणापत्रलगायत कागजात आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ।
थप १०० जना श्रमिकलाई आबद्ध गराउने लक्ष्यसहित अघि बढेको भीमफेदीको अभियानले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रयासलाई सकारात्मक रुपले हेर्न सकिन्छ


