सुनको मूल्य तोलाको २ लाख ५० हजारमाथि, चाँदीको भाउ पनि उच्च वृद्धि

पालिका डायरी
१२ मंसिर २०८२, ११:५४
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्यले फेरि तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ । तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार र बुधबार तोलामा ६१ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार चारसय रुपैयाँ घटेर दुई लाख ४८ हजार चारसय रुपैयाँमा झरेको थियो । गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार तीनसय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।

प्रतिक्रिया