हेटौंडाकाे रातोमाटेबाट १० बोरा अबैध चिनी बरामद

पालिका डायरी
२२ मंसिर २०८०, ११:२१

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट १० बोरा चिनी बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज तर्फबाट काठमाडौं तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५४० नम्बरको बसबाट १० वटा बोरामा २५० किलोग्राम अबैध चिनी बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार उक्त चिनी २५ हजार मुल्य बराबरको रहेको छ ।

प्रतिक्रिया