मनहरीमा स्कुल बसको ठक्करबाट २ बर्षीया बालिकाको मृत्यु

हेटौंडा / मकवानपुरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–६ नँयाबस्ति स्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नँयाबस्ती तर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसको ठक्करबाट बालिकाको मृत्यु भएको हो ।
बसको ठक्करबाट मनहरी गाउँपालिका–६ नँयाबस्ती बस्ने खडक बहादुर थिङको छोरी २ वर्षिय पुजा थिङलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएपछी डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार बस चालक मनहरी–७ बिजौनाका चन्द्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया