इन्द्रसरोवरमा हाइसको ठक्करबाट ७५ वर्षीय पैदलयात्री घाइते

पालिका डायरी
१३ आश्विन २०८३, १०:२०
accident

इन्द्रसरोवर गाउँपालिका–३ स्थित टेकर बजारमा हाइस गाडीले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएका छन्।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५८६ नम्बरको हाइस गाडीको ब्रेक फेल भई सडक पार गर्ने क्रममा रहेका इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी गौरीगाउँ निवासी ७५ वर्षीय तुल्सीनाथ सुवेदीलाई ठक्कर दिएको हो।

ठक्करपछि उछिट्टिएका सुवेदी काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ११०२ नम्बरको विद्युतीय (ईभी) गाडीमा समेत ठोक्किएर घाइते भएका थिए। दुर्घटनामा टाउकोमा चोट लागेका सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि काठमाडौँस्थित बी एन्ड बी अस्पताल पठाइएको छ।

घटनापछि हाइस चालक सिन्धुलीको कमलामाई नगरपालिका–१० निवासी ३८ वर्षीय हेमबहादुर सुनुवार र ईभी चालक उदयपुरको कटारी नगरपालिका–७ निवासी ४५ वर्षीय कविराज दनुवारलाई प्रहरी चौकी सिस्नेरी, मकवानपुरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया