नागढुंगाबाट भन्सार छलीको १५ बोरा घडी बरामद

पालिका डायरी
१५ आश्विन २०८३, १७:५२
नागढुंगाबाट भन्सार छलीको १५ बोरा घडी बरामद

भन्सार छलि गरि ल्याएको १५ बोरा घडी लगायतका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ सुरुङमार्गस्थित चेक प्वाइन्टमा वीरगञ्जदेखि काठमाडौँ आउँदै गरेको बाप्र ०३–००१ ख ३४९३ यात्रुवाहक बसमा सो सामान फेला परेको हो।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कीमा बिल बीजक बिनाको १५ बोरा विभिन्न कम्पनीको घडी, ४ कार्टुन अमूल चीज, ३ कार्टुन अमूल क्रिम र मिल्किस्ट बिस्कुट १ कार्टुन फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति र बरामद सामान आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।

प्रतिक्रिया