न्यायपालिकाप्रति जनआस्था बढाउन प्रधानन्यायाधीशको आग्रह

हेटौंडा / प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकाप्रति आमनागरिकको भरोसा विश्वास बढाउन आवश्यक रहेको बताएका छन्। मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै उनले न्याय कार्यान्वयनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
प्रधान न्यायाधीश श्रेष्ठले भने, “कुनै पनि हालतमा हामीले न्याय मर्न दिनु हुँदैन, छिटो र छरितो न्यायको लागि संविधानको मर्म पनि ख्याल गरिनुपर्छ।” प्रविधिको विकाससँगै न्याय कार्यान्वयन लयमा आएको उल्लेख गर्दै उनले मुद्दा फैसला दर बढेको र इजलास संख्या बढ्न थालेको बताए।
उनले अदालतमा अनलाइन बहसको थालनी गर्नुपर्नेमा जोड दिँदै न्याय कार्यान्वयनमा छरितोपना ल्याउन अदालत प्रशासनलाई निर्देशन समेत दिएका छन्।
प्रतिक्रिया