मनहरी–९ खरंगामा मोटरसाइकल दुर्घटना, एकजना गम्भीर घाइते

मनहरी गाउँपालिका–९ खरंगास्थित मनहरीबाट सानो भावरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ६४५५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजना घाईते भएका छन् ।
घाईते हुनेमा मोटरसाइकल चालक मकवानपुर जिल्ला राक्सिरंग गाउँपालिका–१ भावर बस्ने २३ वर्षीय सोमलाल स्याङ्बो घाइते भएका छन्। उनलाई उपचारका लागि मनहरी अस्पतालमा ल्याइएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ।
घाईतेको अवस्था गम्भीर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रतिक्रिया