हेटौंडा १० बसपार्कबाट लागूऔषधसहित दुलाल पक्राउ

पालिका डायरी
१३ फाल्गुन २०८०, १०:५३
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला बागमती गाउँपालिका ८ बस्ने २६ वर्षीय तारानाथ दुलाल रहेका छन् । उनलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागूऔषध नाइट्रोभेट १० ट्याब्लेट २ पत्ता (३० वटा), ट्रामाडोल ट्याब्लेट ३ पत्ता (२४ वटा) गरि जम्मा ५४ वटा ट्यालेट सहित उनी पक्राउ परेका हुन् ।

दुलाललाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

प्रतिक्रिया