काठमाडौँमा गाडीको ठक्करबाट युवकको मृत्यु

काठमाडौँको मनोहरामा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा गएराति प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको निशान गाडीले बागमती प्रदेश ०२-०३२ प ३३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गाडीको ठक्करबाट मोटरसाइकलमा सवार काठमाडौँकै शंखरापुर नगरपालिका-८ साँखुका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा शंखरापुर अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन्।
दुर्घटनापछि फरार भएका गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया