भूकम्प पीडितका लागि सामसङले दियो ४० लाख सहयोग

सामसङले जाजरकोट-रुकुम पश्चिमका भूकम्प पीडितको राहत कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख सहयोग गरेको छ ।
विपद प्रभावितहरूको पीडा कम गर्न र उनीहरूको कल्याणमा योगदान पुर्याउने योजनाअनुसार सामसङ नेपालले आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गत यो सहयोग गरेको हो ।
सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्कले आफ्नो टोलीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त सहयोग औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सामसङ नेपालको समयसापेक्ष र महत्वपूर्ण योगदानप्रति धन्यवाद दिए ।
यस सहयोगबाट भूकम्प प्रभावित क्षेत्र र त्यहाँका जनतालाई आवश्यक पर्ने राहत र सहयोग प्रदान हुने आशा सामसङ नेपालले राखेको छ।
प्रतिक्रिया