हेटौंडामा गोवर ग्यासको ट्यांकीमा छिरेर चुरोट सल्काउँदा आफैं जल्न पुगे

पालिका डायरी
२० कार्तिक २०८०, १६:१७
गोवर ग्यासको ट्यांकीमा छिरेर चुरोट सल्काएपछि...

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ हात्तिलेठका एकजना युवक गोवर ग्यासको ट्यांकीमा पसेर चुरोट सल्काउँदा आफैं जल्न पुगेका छन्।

स्थानीय २६ वर्षीय समित राईले छिमेकिको गोबर ग्यासको ट्याङ्की सफा गर्ने क्रममा चुरोट सल्काएका थिए।  आइतबार ट्यांकी सफा गर्ने क्रममा चुरोट सल्काउन खोज्दा समितको शरीरमा आगो लागेको थियो।

गोवर ग्यासको ट्यांकीमा आगोलागी भएर मध्यम घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया