हेटौंडाको स्कुलरोडमा स्कुटरले कारलाई ठक्कर दिँदा एकजना घाइते

पालिका डायरी
२० कार्तिक २०८०, १५:२४
accident palika

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्कुलरोडमा स्कुटरले पार्किङ्ग गरेर राखेको कारमा ठक्कर दिँदा एकजना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने २४ वर्षीय प्रकाश बल रहेका छन् ।

आज सोमबार बिहान बागमती प्रदेश ०३ ००५ प ४२२२ नम्बरको स्कुटीले पार्किङ गरेर राखेको प्रदेश ३–०१ ०२२ च ४८०२ नम्बरको कारलाई ठक्कर दिँदा स्कुटर चालक बल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइते बलको टाउको, हात र खुट्टामा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर र कार प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया