चितवन कारागारका एक कैदीबन्दीको मृत्यु

हेटौंडा – जिल्ला कारागार चितवनमा कैद भुक्तान गरी रहेको एक कैदीबन्दीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देश भारत नरकटीयापुरी २ घर भई हाल चितवन माडी नगरपालिका –३ बस्ने ३६ वर्षीय जुगेश्वर महतो (गुरौ) रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार महतो कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरी रहेका थिए । उनलाई क्यान्सर सम्बन्धी बिरामी गत भाद्र ११ गते अस्पताल भर्ना गरिएको थियो ।
महतोको उपचारकै क्रममा आश्विन ७ गते आइतबार साँझ ७ बजेर २५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव अस्पतालमै रहेको छ ।
प्रतिक्रिया