सवारी दुर्घटना : ८ जनाको मृत्यु, १२० घाइते

पालिका डायरी
९ भाद्र २०८३, १४:०६
accident

बितेका २४ घण्टामा लविभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेर अन्य १ सय २० जना घाइते भएका छन्।  उदयपुरमा ३ जना, स्याङ्जामा २ जना, तनहुँ, कञ्चनपुर र ललितपुरमा १ १ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो।

त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ९ जना, बागमती प्रदेशमा  ५, गण्डकीमा १५, कर्णालीमा ६, सुदूरपश्चिममा १०, लुम्बिनीमा ९, मधेसमा ४६ र कोसीमा २० जना घाइते भएका छन्।

हेर्नुहोस् ८ जना मृतकको विवरण 

प्रतिक्रिया