सुनौलो कछुवा ३५ लाखमा बेच्ने प्रयास, ६ जना पक्राउ

पालिका डायरी
३० भाद्र २०८०, १९:०८
सुनौलो कछुवा ३५ लाखमा बेच्ने प्रयास, ६ जना पक्राउ

प्रहरी वृत्त, महाराजगञ्जले दुर्लभ वन्यजन्तु सुनौलो रङ्गको कछुवासहित ६ जनालाई पक्राउ गरेको छ ।

महाराजगञ्जका डीएसपी अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ३५ लाख रुपैयाँमा कारोबार गर्न लागेको अवस्थामा ६ जनालाई पक्राउ गरेको काठमाडौंका एसपी कुमोध ढुङ्गेलले बताए ।

उनका अनुसार, पक्राउ पर्नेमा काभ्रेका जयराम घिमिरे, रहर तामाङ, उदयपुरका राजकुमार राई, काभ्रेका सुदर्शन राई, नारायण थामी र रूपक बस्नेत छन् ।

उनीहरूले टोखा– ५ मा रहेको सुनकोशी क्याफेमा बसेर कछुवा बिक्री गर्न खोजेका थिए । पक्राउ परेका ६ जनालाई जिल्ला वन कार्यालय, हात्तीसार पठाइएको ढुङ्गेलले बताए ।

प्रतिक्रिया
sunaulo-kachhuwa