छाेराकाे कुटपिटबाट बाबुकाे ज्यान गयाे
दाङमा जाँडरक्सी खाएर छोराले कुट्दा बाबुको ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीको कुटपिटबाट गएराति ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको ज्यान गएको हो ।
गम्भीर घाइते प्रेमबहादुरको उपचारका क्रममा ज्यान गएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको उनले बताय ।
प्रतिक्रिया