नालीमा खसेर २ वर्षीय बालकको मृत्यु

पालिका डायरी
२९ भाद्र २०८०, ११:०७
काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर जनकपुरधाम उपमहानगरपालिका- १५ लोहनामा एक बालकको मृत्यु भएको छ ।

स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा आज विहान बालक रोहन नालामा खसेका थिए ।

स्थानीयका अनुसार नामाला ढक्कन नराखेको ठाउँमा टाउको तल र खुट्टा माथि रहेको अबस्थामा उनलाई देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको थियो ।

मधेश प्रदेश सरकारले दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ ‌।

प्रतिक्रिया
child