एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित एक जना पक्राउ
काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित गाेरखाकाे गाेरखा नगरपालिका-३ धारापानी घर भइ काठमाण्डाै नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेकाे हाे ।
काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई स्वयम्भूमा नक्कली नाेटको कारोबार गरिरहेकाे अवस्थामा पक्राउ गरेकाे जानकारी दिए । थापाकाे साथबाट एक लाख (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएकाे उनले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका थापालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डाै पठाइएकाे छ ।
प्रतिक्रिया