नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियनको नगर अध्यक्षमा गोले
नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (Gefont) मा आवद्ध नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (KUPPEC NEPAL)हेटौंडा उपमहानगरपालिका कमिटिको नवौँ नगर अधिवेशन हेटौंडामा सम्पन्न भएको छ ।
नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (KUPPEC NEPAL) को केन्द्रिय उपाध्यक्ष योगेन्द्र शर्माको प्रमुख अतिथी तथा नेपाल ट्रेड युनियन महासंघको प्रदेश कमिटी उपाध्यक्ष अर्जुन अर्यालको विशेष अतिथिमा भएको हो । कार्यक्रमा राजु आचार्य, बिक्रम लामा, शलिकराम पुडासैनी, प्रताप राई, देवि प्रसाद दहाल, शम्भु लामा, ललित राई , इन्द्र बहादुर कार्की, प्रलाद राई, दुर्गा बहादुर वाइवाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आफ्नो महत्त्वपूर्ण भनाई राख्दै कार्यक्रमको विशेष अतिथी तथा नेपाल ट्रेड युनियन महासंघको बाग्मती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन समग्र मजदुरहरुको हक हितको लागि अवरात्र खटिरहेको बताए । उनले आफ्नो शुभकामना मन्तव्य राख्दै बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (KUPPEC NEPAL)लाई कसरी अगाडि बढाउने भनेर स्पस्ट बिचार सहितको नेतृत्व चयनको लागि सुभकामना दिए । निर्माण श्रमिकहरुको पक्षमा कती पनि बिचलित नभई आफ्नो काम गर्न सक्ने नेतृत्व चयन गर्न सुझाप पनि दिए । उनले सबै श्रमकिहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्न हामी सबै आ-आफ्नो ठाउँबाट उठ्न पनि आग्रह गरे । सामन्ती सोचको जनप्रतिनिधिको कारण श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा लाग्न नसकेको गुनासो व्यक्त गर्दै उनले यहि भदौ देखि भीमफेदी गाउँपालिकाले १ सय जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोडिएकोमा उनले भीमफेदी गाउँपालिका परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे । गाँस बास कपास सिक्षा स्वास्थ सुरक्षा सबै खाले समस्या पूरा हुने ज्यालाको ब्यबस्था गर्न पनि सरकारलाई आग्रह गर्दै आफ्नो हक अधिकार प्राप्त गर्नको लागि अब हस्तक्षेप गर्न जरुरी छ । यस्को लागि व्यापक सदस्य निर्माण गर्न आग्रह गर्दै आज चुनिने नयाँ समितिलाई आग्रह गरे । उनले धेरै सदस्य भए मात्र हामी शक्तिशाली हुने भएकोले सदस्यता निर्माण गर्न आग्रह गरे ।
कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (KUPPEC NEPAL) को उपाध्यक्ष योगेन्द्र शर्माले सङ्गठन के हो सङ्गठनमा किन लाग्ने भनेर उपस्थित प्रतिनिधिहरुलाई प्रष्ट पार्दै उनले सामन्ती सोचको अन्त्य नगरी हामी श्रमिकले न्याए नपाउने कुरा प्रष्ट पारे । शर्माले पटक पटक आनुनय विनय गर्दापनि हेटौंडा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा नजोडिएको गुनासो गर्दै अब पनि हेटौंडा उपमहानगरपालिकाले अटेर गरे दुई हजार भन्द बढी मजदुर लगेर हेटौंडा उपमहानगरपालिकाको कार्यालय घेराउ गर्ने उद्घोष गरे । उनले आफ्नो अधिकारको लागि लड्नै पर्नी भएकोले सामाजिक सुरक्षा कोसमा नजोडिएको स्थानीय सरकारसङ्ग लडेर भएपनि अधिकार लिने प्रतिबद्धता व्यक्त गरे ।
आजको अधिवेशनले खडग बहादुर गोलेको अध्यक्षतामा तेह्र सदस्यीय हेटौंडा उपमहानगरपालिका कमिटी सर्वसहमत गठन गरिएको छ । समितिमा उपाध्यक्ष सकल्दे मण्डल, सचीव पुर्ण बहादुर बराल, सहसचिव वीर बहादुर राई, कोषाध्यक्ष बिजय घिसिङ्ग सदस्यहरुमा सन्दिप घलान, सुशीला गिरि, सुक बहादुर थिङ्ग, प्रकाश राई, हिरा माया मुक्त्तान, छविव मिया, जय बहादुर वाइवा, मुना नेपाल रहेका छ्न ।