सङ्घ र प्रदेशमा सांसदकाे सङ्ख्या घटाऔँ : खिमलाल देवकाेटा

पालिका डायरी
२७ चैत्र २०७९

राष्ट्रिय सभा सदस्य खिमलाल देवकाटाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सङ्ख्या कटौती गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै देवकाेटाले दुई सय ७५ जनाको प्रतिनिधि सभालाई एक सय ६५ र पाँच सय ५० जनाको प्रदेश सभालाई तीन सय ३० बनाउनुपर्ने बताउनुभएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सङ्ख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘२७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको सङ्ख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधारमात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।’

सांसद देवकोटाले काठमाण्डाैमा धेरै वटा निर्वाचन क्षेत्र भएको पनि बताउनुभयो । उहाँले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया
khimlal_devkota_14cEtnlBy2